“बिशिष्ट ब्यक्तिको सुरक्षा (सि.प्र.अ.)” तालिम ६४ औं समूहको समापन कार्यक्रम सम्पन्न

काठमाडौ । राष्ट्रिय प्रहरी प्रतिष्ठानका कार्यकारी निर्देशक प्रहरी अतिरिक्त महानिरिक्षक सन्दिप भण्डारीकाे प्रमुख आतिथ्यतामा “बिशिष्ट ब्यक्तिको सुरक्षा (सि.प्र.अ.)” तालिम ६४ औं समूहको समापन कार्यक्रम सम्पन्न भएकाे छ ।
राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानमा २०८०/०९/२९ गते देखि संचालित “बिशिष्ट ब्यक्तिको सुरक्षा (सि.प्र.अ.)” ६४ औं समूहको तालिम आज सम्पन्न भएकाे हाे ।
कार्यक्रममा प्रमुख अतिथिले निर्देशन सम्बोधनको क्रममा प्रशिक्षणमा सिकेका अति-बिशिष्ट र बिशिष्ट ब्यक्तिहरुको सुरक्षामा अपनाउनु पर्ने ज्ञान, सीप र कौशल व्यवसायीक जिवनमा पुर्ण रुपमा लागु गर्न र आ-आफ्नो कार्य क्षेत्रमा गई शैद्वान्तिक र व्यवहारिक तवरले आफ्ना मातहतका प्रहरी कर्मचारीहरुलाई पनि प्रशिक्षण गर्न निर्देशन दिनुका साथै दीक्षित भई जाने प्रशिक्षार्थीहरुलाई प्रमाणपत्र बितरण गर्नुभएको थियो ।
कार्यक्रममा तालिम सह-संयोजक प्रहरी नायव उपरीक्षक कौशल कुमार बुढाथोकीले तालिम सम्बन्धी संक्षिप्त प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो ।
उक्त कार्यक्रममा प्रतिष्ठानका निर्देशक, अपराध अनुसन्धान विद्यालयका प्रधानाचार्य, प्रतिष्ठानका सह-निर्देशक, सिनियर प्रही अधिकृत र जुनियर प्रहरी अधिकृत लगायत प्रशिक्षक वर्ग तथा प्रशिक्षार्थीहरूको उपस्थित रहेको थिथो ।
२८ माघ २०८०, आइतवार २२:५५ बजे प्रकाशित