त्रि-चन्द्र बहुमुखी क्याम्पसमा अध्ययनरत विधार्थीहरुद्वारा काठमाण्डौ उपत्यका प्रहरी कार्यालयको अवलोकन भ्रमण कार्यक्रम सम्पन्न

4.9K
shares

काठमाडौं । प्रहरी नायव महानिरीक्षक दुर्गा सिंहको प्रमुख आतिथ्यतामा त्रि-चन्द्र बहुमुखी क्याम्पसमा पोस्ट ग्रेजुयट डिप्लोमा इन साइकोसोसियल काउन्सिलिङ्ग विषयमा अध्ययनरत ४० जना विधार्थीहरुद्वारा काठमाण्डौ उपत्यका प्रहरी कार्यालयको अवलोकन भ्रमण कार्यक्रम सम्पन्न भएको छ ।

उपत्यका प्रहरी कार्यालय महिला तथा वालबालिका तथा जेष्ठ नागरिक सेवा केन्द्रका शाखा प्रमुख प्रहरी नायव उपरीक्षक कोपिला चुडालले प्रस्तुतीकरण प्रस्तुत गर्नुभएको उक्क्त कार्यक्रममा विधार्थीहरुद्वारा आफ्नो जिज्ञासा तथा राय सुझाव समेत राख्नु भएको थियो ।

कार्यक्रममा उठेका जिज्ञासा तथा राय सुझावलाई सम्बोधन गर्नु हुँदै प्रहरी नायव महानिरीक्षक सिंहले मनोविमर्श सेवाको महत्व तथा आवश्यकताको पहिचान गर्न मनोविमर्शको महत्वपूर्ण भूमिका रहेको औल्याउँदै नेपाल प्रहरीले हरेक मानव सेवाको निम्ति मानसिक रुपमा विक्षिप्‍त पीडक तथा पीडितलाई समाजमा पुन: स्थापनाको निम्ति समन्वयात्मक तवरले सहकार्य गर्ने प्रतिवद्वता व्यक्त गर्नुभयो ।

अवलोकन भ्रमण कार्यक्रममा सहभागी विधार्थीहरुद्वारा प्रहरी कन्ट्रोल रुमको समेत अवलोकन गरिएको थियो


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083