कर्णाली प्रदेश प्रहरी प्रमुखद्वारा नेपाल प्रहरी बिशेष सुरक्षा गण कोहलपुरको निरीक्षण
वि.सं.२०८० फागुन ३ बिहीवार १६:२४
shares

सुर्खेत । कर्णाली प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक लालमणि आचार्यले नेपाल प्रहरी बिशेष सुरक्षा गण कोहलपुरको निरीक्षण गर्नु भएकाे छ।
कर्णाली प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक लालमणि आचार्यले नेपाल प्रहरी बिशेष सुरक्षा गण कोहलपुरको समग्र वस्तुस्थिति, कार्यालय भवन परिसर, मेस, ब्यारेक, सम्पुर्ण शाखाहरु, क्यान्टिन, होजियारी, पुस्तकालय, हातहतियार, स्रोत साधनहरूको व्यवस्थापन लगायत नवपर्वद्धनात्मक कार्यहरू, कार्यालयबाट सम्पादित काम कारवाही र गुनासो सम्बोधनको विषयमा स्थलगत अनुगमन तथा निरीक्षण गर्नु भएको हाे ।

निरीक्षण पश्चात गणमा कार्यरत सम्पूर्ण प्रहरी कर्मचारीहरूलाई व्यवसायीक, अनुसाशित एवं कर्तव्य निष्ठ भई दिईएको जिम्मेवारी उच्च मनोबलताका साथ कार्यसम्पादन गर्न आवश्यक निर्देशन दिनु भएको थियाे ।

















