बिदाई तथा फेरी भेटौंला कार्यक्रम सम्पन्न

Nepal Life Insurance Long Ad

धनगढी । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका कार्यालय प्रमुख प्रहरी नायव महानिरीक्षक रबिन्द्र के.सी. काे प्रमुख आतिथ्यतामा बिदाई तथा फेरी भेटौंला कार्यक्रम सम्पन्न भएको छ।

नेपाल प्रहरी प्रधान कार्यालयकाे कर्मचारी प्रशासन शाखाको २०८०/११/०१ गतेको निर्णय अनुसार सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी, कैलालीबाट सर्वोच्च / विषेश अदालत समन्वय तथा सुरक्षा प्रहरी इकाई, रामशाहपथ, काठमाण्डौंमा सरुवा हुनु भएका सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयमा कार्यरत प्रहरी उपरीक्षक  श्याम सिंह चौधरीकाे फेरी भेटौंला कार्यक्रम सम्पन्न भएकाे हाे ।

कार्यक्रममा बिदाई भई जान लाग्नु भएका प्रहरी उपरीक्षकलाई मायाकाे चिनो प्रदान गर्नुका साथै  कार्यालयमा रहँदा पुर्याएको योगदान संस्थागत रुपमा स्मरण रहनुका साथै नयाँ कार्यक्षेत्रमा समेत व्यावसायिक सफलताको लागि शुभकामना समेत व्यक्त गर्नु भएको थियो ।

३ फागुन २०८०, बिहीवार २२:३० बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु