कोशी प्रदेश प्रहरी प्रमुखद्वारा जिल्ला प्रहरी कार्यालय उदयपुरको निरीक्षण भ्रमण सम्पन्न
उदयपुर । कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक चन्द्र कुबेर खापुङले आज जिल्ला प्रहरी कार्यालय उदयपुर जिल्लाको निरीक्षण भ्रमण गर्नु भएको छ ।
निरीक्षण भ्रमणको क्रममा उहाले कार्यालय भवन, सम्पुर्ण शाखाहरु, ब्यारेक, मेश तथा हिरासत कक्षको निरीक्षण गर्नु भई कार्यरत प्रहरी कर्मचारीहरुलाई आवश्यक निर्देशन समेत दिनु भएको छ ।
निर्देशनको क्रममा उहाँले सम्पुर्ण प्रहरी कर्मचारीहरुले आपसी भाईचारा तथा सहयोगी भावनाको बिकाश गरी आचरण तथा व्यवहारमा सुधार ल्याई आफ्नो काम कर्तव्य, जिम्मेवारी तथा अधिकारको पालना गरी संगठनको हित र उद्धेश्यलाई सदैव प्राथमिकतामा राखी काम गर्नु पर्ने बताउनु भएको छ ।
उहाँले नागरिकमा प्रहरी सेवाको पहुँच पुर्याउन तथा शान्ति सुरक्षा कायम राख्न लामो तथा छोटो दुरीको गस्ति परिचालन गर्नका साथै प्रभावकारीरुपमा सचेतनामुलक कार्यक्रम संचालन गर्न समेत निर्देशन दिनु भएको छ ।
निरीक्षण भ्रमणको क्रममा प्रदेश प्रहरी प्रमुख खापुङले जिल्ला स्थित सुरक्षा समितिका पदाधिकारीहरु, स्थानिय जनप्रतिनिधि, स्थानीय बुद्धिजिवि, नागरीक समाज, पुर्व प्रहरी कर्मचारीहरु तथा संचारकर्मीहरुसंग भेटघाट गर्नु भई समग्र जिल्लाको शान्ति सुरक्षाको अवस्थाको वारेमा अन्तरक्रिया तथा छलफल समेत गर्नु भएको थियो ।
४ फागुन २०८०, शुक्रवार १५:५६ बजे प्रकाशित