सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुखकाे प्रमुख आतिथ्यतामा बिदाई तथा फेरी भेटौंला कार्यक्रम सम्पन्न
वि.सं.२०८० फागुन ४ शुक्रवार १६:२३
5.93K
shares
shares

धनगढी । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका कार्यालय प्रमुख प्रहरी नायव महानिरीक्षक रबिन्द्र के.सी. काे प्रमुख आतिथ्यतामा बिदाई तथा फेरी भेटौंला कार्यक्रम सम्पन्न भएकाे छ ।
नेपाल प्रहरी प्रधान कार्यालय मानवश्रोत विकाश विभाग, कर्मचारी प्रशासन शाखाको २०८०/११/०१ गतेको निर्णय अनुसार नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय अत्तरिया, कैलालीबाट कर्णाली प्रदेश प्रहरी गण बिरेन्द्रनगर सुर्खेतमा सरुवा हुनु भएका प्रहरी उपरीक्षक नेत्रमणी गिरीकाे फेरी भेटौंला कार्यक्रम सम्पन्न भएकाे हाे ।
कार्यक्रममा बिदाई भई जान लाग्नु भएका प्रहरी उपरीक्षकलाई नयाँ कार्यक्षेत्रमा समेत व्यावसायिक सफलताको लागि शुभकामना व्यक्त गर्नु भएको थियो ।































