फेरी भेटौंला कार्यक्रम सम्पन्न

5.14K
shares

काठमाडौ । राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानको कार्यकारी निर्देशक प्रहरी अतिरिक्त महानिरीक्षक सन्दिप भण्डारीको प्रमुख आतिथ्यमा फेरी भेटौंला कार्यक्रम सम्पन्न भएकाे छ ।

राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान, महाराजगंजबाट मधेश प्रदेश प्रहरी तालिम केन्द्र सरुवा हुनु भएका प्रहरी वरिष्ठ उपरीक्षक गोपाल चन्द्र भट्टराईकाे फेरी भेटौंला कार्यक्रम सम्पन्न भएकाे हाे ।

कार्यक्रममा बिदाई भई जान लाग्नु भएका प्रहरी वरिष्ठ उपरीक्षकलाई प्रतिष्ठानको तर्फबाट मायाको चिनो प्रदान गर्नुका साथै बिदाई कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा कार्यकारी निर्देशकले प्रतिष्ठानमा रहदा प्रशिक्षण लगायत व्यवस्थापकिय पक्षहरुमा सम्मिलित रही प्रतिष्ठानको ६८ औं बार्षिकोत्सव सफलताको साथ सम्पन्न गर्न विशेष भुमिका निर्वाह गरी उत्कृष्ट कार्य सम्पादन गरेकोमा हार्दिक बधाई तथा शुभकामना दिनु भएकाे थियाे ।

साथै आगामी दिनमा मधेश प्रदेश प्रहरी तालिम केन्द्रलाई निष्पक्ष र पारदर्शी भर्ना छनौट, दक्ष जनशक्ति उत्पादनमा अब्बल साथै उत्कृष्ट तालिम केन्द्रको रुपमा स्थापित गर्न समेत निर्देशन दिनु थियो ।

बिदाई भई जान लाग्नु भएका प्रहरी वरिष्ठ उपरीक्षकले प्रतिष्ठानमा कार्यरत रहँदाको बखत प्रतिष्ठान परिवारले देखाएको सद्भाव, सदीक्षा र विश्वास प्रति आभार प्रकट गर्नुका साथै धन्यवाद समेत व्यक्त गर्नु भएको थियो ।