दर्ज्यानी चिन्ह शुशोभन कार्यक्रम सम्पन्न

2.86K
shares

झापा। जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक दुर्गाराज रेग्मीकाे प्रमुख आतिथ्यतामा  दर्ज्यानी चिन्ह शुशोभन कार्यक्रम सम्पन्न भएकाे छ ।

नेपाल प्रहरी जनपद समुह तर्फका प्रहरी सहायक हवल्दार पदबाट प्रहरी हवल्दार पदमा बढुवा हुनु भएका प्रहरी हवल्दारहरुलाई कार्यालयका कार्यालय प्रमुख प्रहरी उपरीक्षक दुर्गाराज रेग्मीले दर्ज्यानी चिन्ह शु-शोभन गर्नुका साथै पदोन्नती हुनुभएका प्रहरी हवल्दारहरूलाई बधाई तथा शुभकामना सहित पारिवारीक तथा व्यावसायिक जीवनको कामना र पवित्र संगठन प्रती अझ थप जिम्मेवार भई काम गर्न निर्देशन समेत दिनु भएकाे थियाे ।