‘गुट होइन, लोकतान्त्रिक अभ्यासका लागि उम्मेदवार बनेँ’ : पराजितपछि मनिष झा

2.18K
shares

१२ असार, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०का नेता मनिष झाले पार्टीको पहिलो राष्ट्रिय महाधिवेशनअन्तर्गत महामन्त्री पदको निर्वाचनमा पराजित भएपछि परिणामलाई सहज रूपमा स्वीकार गरेको बताएका छन्।

निर्वाचनपछि सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै उनले पार्टीभित्र लोकतान्त्रिक अभ्यासलाई सुदृढ बनाउन आफू उम्मेदवार बनेको उल्लेख गरे। गुटबन्दी वा टिके प्रथाभन्दा प्रतिस्पर्धामार्फत नेतृत्व चयन हुने संस्कृतिलाई बलियो बनाउन आफ्नो उम्मेदवारी रहेको उनको भनाइ छ।

झाले निर्वाचन प्रक्रिया अघि बढाउन नेतृत्वले देखाएको प्रतिबद्धताको प्रशंसा गर्दै त्यसका लागि आभार व्यक्त गरेका छन्। उनले निर्वाचनलाई लोकतन्त्रको स्वाभाविक अभ्यासका रूपमा लिँदै आफूले प्राप्त परिणामलाई पूर्ण रूपमा स्वीकार गरेको बताए।

महामन्त्रीमा निर्वाचित विपिन कुमार आचार्यलाई बधाई दिँदै उनले आगामी दिनमा आफ्नो अनुभव र क्षमताअनुसार पार्टीलाई सहयोग गर्ने प्रतिबद्धता जनाएका छन्।

उनले भने, “आजदेखि म केवल केन्द्रीय सदस्य र सांसदको भूमिकामा सक्रिय रहनेछु,पार्टीलाई बलियो बनाउन आफ्नो ठाउँबाट निरन्तर योगदान रहनेछ।”


divya collage
unigloble collage