सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख डीआईजी सानुराम भट्टराईद्वारा जिल्ला प्रहरी कार्यालय कैलालीको निरीक्षण

923
shares

धनगढी । सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक (डीआईजी) सानुराम भट्टराईले जिल्ला प्रहरी कार्यालय कैलालीको निरीक्षण तथा अवलोकन गर्नु भएको छ।

निरीक्षणका क्रममा उहाँले कार्यालयका विभिन्न शाखा, कार्यसम्पादन अवस्था तथा प्रहरी गतिविधिहरूको अवलोकन गर्नुभएको थियो। सोही अवसरमा आयोजित कार्यक्रममा उपस्थित प्रहरी अधिकृत तथा सम्पूर्ण प्रहरी कर्मचारीहरूलाई सम्बोधन गर्दै डीआईजी भट्टराईले प्रहरी सेवा प्रभावकारी, जनमुखी र उत्तरदायी बनाउन आवश्यक निर्देशन दिनुभएको थियो।

उहाँले प्रहरी कर्मचारीहरूले अनुशासन, इमान्दारिता र जिम्मेवारीलाई उच्च प्राथमिकतामा राख्दै नागरिकको सुरक्षा र सेवामा निरन्तर समर्पित भएर कार्य गर्नुपर्नेमा जोड दिनुभयो।
कार्यक्रममा जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख लगायत प्रहरी अधिकृत तथा कर्मचारीहरूको उपस्थिति रहेको थियो।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083