काठमाडौंमा चौथो नेशनल गोल्डेन एथलेटिक्स मिट–२०२६ सम्पन्न, विजयी खेलाडीहरू पुरस्कृत

4.99K
shares

काठमाडौं । चौथो नेशनल गोल्डेन एथलेटिक्स मिट–२०२६ सफलतापूर्वक सम्पन्न भएको छ। प्रतियोगिताको अन्तिम दिन विभिन्न विधामा उत्कृष्ट प्रदर्शन गर्ने विजेता खेलाडीहरूलाई पुरस्कार तथा प्रमाणपत्र वितरण गरिएको छ।

एथलेटिक्स खेलको विकास, खेलाडीको प्रतिभा पहिचान र प्रोत्साहन गर्ने उद्देश्यले आयोजना गरिएको प्रतियोगितामा देशका विभिन्न स्थानबाट सहभागी खेलाडीहरूले प्रतिस्पर्धा गरेका थिए।

समापन कार्यक्रममा आयोजक तथा अतिथिहरूले विजयी खेलाडीहरूलाई बधाई दिँदै आगामी दिनमा खेलकुद क्षेत्रमा अझ उत्कृष्ट प्रदर्शन गर्न शुभकामना व्यक्त गरेका थिए।
प्रतियोगिताले नयाँ प्रतिभाहरूलाई अवसर प्रदान गर्नुका साथै नेपाली एथलेटिक्स क्षेत्रको विकासमा सकारात्मक योगदान पुर्‍याएको आयोजकले जनाएको छ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083