नेपाल प्रहरीको कार्यसम्पादन मूल्याङ्कनमा जिल्ला प्रहरी परिसर, काठमाडौँ उत्कृष्ट अङ्क प्राप्त गर्दै प्रथम हुन सफल

858
shares

काठमाडौ । जिल्ला प्रहरी परिसर, काठमाडौँले प्रहरीको मासिक कार्यसम्पादन मूल्याङ्कनमा उत्कृष्ट नतिजा हासिल गर्दै देशभरिका जिल्लाहरूमध्ये अग्रस्थान कायम राख्न सफल भएको छ ।

काठमाडौँ जिल्ला प्रहरी परिसर प्रमुखको रूपमा नेतृत्व अहिले एसएसपी दिलीप घिमिरेले गरिरहेका छन्। उहाँले कमाण्ड गर्नुभएको जिल्ला कार्यसम्पादनमा उत्कृष्ट हुन सफल भएको छ ।

काठमाडौँ परिसरको टिमले अपराध नियन्त्रण, शान्ति सुरक्षा, अनुसन्धान, फरार अभियुक्त प’क्राउ, समुदाय–प्रहरी साझेदारी, नागरिकमैत्री सेवा प्रवाहजस्ता सूचकका आधारमा नियमित कार्यसम्पादन मूल्याङ्कन हुने गरेको छ । सोही आधारमा जिल्ला प्रहरी परिसर काठमाडौँले उच्च अंक प्राप्त गरेको हो ।

कानुन कार्यान्वयन, अपराध नियन्त्रण तथा अनुसन्धानमा प्रविधिको उच्च प्रयोग (जस्तै: इलेक्ट्रोनिक क्विक रेस्पोन्स टिम) का कारण परिसरले यो सफलता पाएको हो ।

एसएसपी दिलिप घिमिरेले काठमाडौँ परिसरको जिम्मेवारी सम्हालेसँगै प्रहरी कर्मचारीलाई एक्टिभ बनाउँदै प्रहरी परिसरले अपराध नियन्त्रणका लागि GPS र डिजिटल प्रविधिमा आधारित (EQRT) परिचालन गरिएको छ ।

फैसला कार्यान्वयन अन्तर्गत अदालतबाट तोकिएको लामो कैद सजाय र लाखौं जरिवाना असुल समेत सफल भएको छ ‌

अपराध नियन्त्रणमा परिसरले ज्यान, आर्थिक अपराध, र महिला तथा बालबालिकासम्बन्धी मुद्दाहरूको प्रभावकारी अनुसन्धान गर्न सफल भएको छ । साथै ‘हाम्रो प्रहरी’ अभियानअन्तर्गत नागरिक सुनुवाइ तथा शान्ति सुरक्षा चुस्त बनाइएको।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083