लागुऔषध दुरुपयोग तथा अवैध ओसारपसार विरुद्ध सचेतना कार्यक्रम सम्पन्न

988
shares

काठमाडौं । लागुऔषध दुरुपयोग तथा अवैध ओसारपसार विरुद्धको अन्तर्राष्ट्रिय दिवस जुन २६ को अवसरमा काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) ईश्वर कार्कीको प्रमुख आतिथ्यतामा सचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ।

प्रहरी प्रभाग सानेपा तथा सामुदायिक सेवा केन्द्र एवं सामुदायिक प्रहरी सेवा केन्द्र सानेपाको आयोजनामा “लागुऔषधको चुनौती चिनौंः सामाजिक समाधानको बाटो खोजौं” भन्ने नाराका साथ टिकाविद्याश्रम माध्यमिक विद्यालय, सानेपामा कार्यक्रम आयोजना गरिएको हो।

कार्यक्रममा लागुऔषध दुर्व्यसनविरुद्ध अन्तरविद्यालयस्तरीय विभिन्न प्रतियोगितामा सहभागी विद्यार्थीहरूलाई पुरस्कार वितरण गरिएको थियो। कार्यक्रममा विद्यार्थी, शिक्षक, प्रहरी तथा सरोकारवालाहरूको सहभागिता रहेको थियो।

कार्यक्रममार्फत लागुऔषधको बढ्दो जोखिम, यसको असर तथा रोकथामका उपायबारे सचेतना फैलाउँदै युवापुस्तालाई सकारात्मक बाटोमा लाग्न प्रेरित गरिएको थियो। प्रहरी र समुदायबीचको सहकार्यबाट लागुऔषध नियन्त्रण अभियानलाई प्रभावकारी बनाउने प्रतिबद्धता समेत व्यक्त गरिएको थियो।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083