लागूऔषध दुर्व्यसन विरुद्ध सचेतनामूलक प्रशिक्षण तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न

325
shares

काठमाडौं । काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) ईश्वर कार्कीको प्रमुख आतिथ्यतामा लागूऔषध दुर्व्यसन विरुद्ध सचेतनामूलक प्रशिक्षण तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।

काठमाडौं महानगरपालिका वडा नं.–३, प्रहरी वृत्त महाराजगञ्ज तथा सामुदायिक सेवा केन्द्र एवं सामुदायिक प्रहरी सेवा केन्द्र महाराजगञ्जको आयोजना र चक्रपथ युवा क्लब महाराजगञ्जको सहकार्यमा बिहीबार बसुन्धारास्थित उत्सव कुञ्ज पार्टी प्यालेसमा उक्त कार्यक्रम आयोजना गरिएको हो।

कार्यक्रममा लागूऔषध दुर्व्यसनका कारण, यसबाट पर्ने सामाजिक तथा स्वास्थ्यसम्बन्धी असर, रोकथामका उपाय तथा युवाहरूलाई दुर्व्यसनबाट जोगाउन अपनाउनुपर्ने सावधानीका विषयमा सचेतनामूलक प्रशिक्षण तथा छलफल गरिएको थियो।

कार्यक्रममा प्रहरी अधिकारी, जनप्रतिनिधि, सामुदायिक प्रहरीका पदाधिकारी, युवा तथा स्थानीय समुदायका प्रतिनिधिहरूको सहभागिता रहेको थियो। सहभागीहरूले लागूऔषध नियन्त्रणका लागि प्रहरी र समुदायबीच सहकार्यलाई थप प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गरेका थिए।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083