प्रहरी अतिरिक्त महानिरीक्षक टेक प्रसाद राईको प्रमुख आतिथ्यतामा भेटघाट तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न

6.34K
shares

काठमाडौ । प्रहरी अतिरिक्त महानिरीक्षक टेक प्रसाद राईको प्रमुख आतिथ्यतामा कोशी प्रदेश प्रहरी प्रमुख चन्द्र कुबेर खापुङकाे बिशेष आतिथ्यातामा जिल्ला प्रहरी कार्यलय गाईघाटमा भेटघाट तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएकाे छ ।

उक्त कार्यक्रममा  स्थानिय तहका प्रमुख उप-प्रमुख, प्रजिअ, जिल्ला प्रहरी कार्यलय गाईघाटका प्रमुख, बिभिन्न स्थानिय तहका वडा अध्यक्षहरू, शैक्षिक संस्थाका प्रमुखहरू, बिभिन्न संघसंस्थाका प्रतिनिधि, ब्यवसायी, पूर्व प्रहरी, अमर प्रहरी परिवार र पत्रकाररूसंग भेटघाट तथा अन्तरक्रिया गर्नु भएकाे थियाे ।


अन्तरक्रियाकाे क्रममा प्रहरी सेवालाई सेवाग्राही मैत्री बनाउन निर्देशन दिनु हुदै लागू औषध दुर्व्यसन न्यूनिकरण, सवारी दुर्घटना, आत्महत्या न्यूनिकरणका लागी कार्ययोजना बनाई कार्यान्वयन गर्न निर्देशन दिनु भयो साथै स्थानिय तह, नागरिक समाज, राजनैतिक कर्मी लगायत सरोकारवाला सम्पुर्णले सहकार्य गर्दै अगाडि बढ्न समेत आग्रह गर्नु भएकाे थियाे ।


divya collage
unigloble collage