प्रहरी अतिरिक्त महानिरीक्षक टेक प्रसाद राईकाे प्रमुख आतिथ्यतामा SAY TO NO DRUGS कार्यक्रम सम्पन्न

4.3K
shares

उदयपुर ।  प्रहरी अतिरिक्त महानिरीक्षक टेक प्रसाद राईकाे प्रमुख आतिथ्यतामा SAY TO NO DRUGS कार्यक्रम सम्पन्न भएकाे छ ।

जिल्ला उदयपुर त्रियुगा नगरपालिका  १३ स्थित दोश्रो प्रदेश महोत्सव स्थल बरुवा पसपार्क उदयपुरमा त्रियुगा नगरपालिका र त्रियुगा उद्योग बाँणिज्य संघ उदयपुरको सहकार्य तथा जिल्ला प्रहरी कार्यालय गाईघाटकाे आयोजनामा लागूऔषध दुर्व्यसनिमा नफस्न वा फसेको भएमा समेत सुध्रन सकिन्छ भन्ने सन्देश प्रवाह गर्ने उदेश्यले “SAY TO NO DRUGS”  कार्यक्रम आज सम्पन्न  भएकाे हाे ।

उक्त कार्यक्रमका प्रमुख अतिथि प्रहरी अतिरिक्त महानिरीक्षक टेक प्रसाद राईले जिप्रका उदयपुरले लागूऔषध नियन्त्रणको लागि थालेको अभियानहरू सकारात्मक रहेको र उक्त अभियानहरूमा सम्पुर्ण सरोकारवाला निकायहरूले साथ सहयोग गरी निराकरण गर्न आवश्यक रहेको बताए ।

उक्त Live consort मा  चर्चित गायक आशिष राना (लाहुरे) ले लागूऔषध खानु हुन्न भन्ने सन्देश सहित सांगितिक प्रस्तुति प्रस्तुत गर्नु भएकाे थियाे ।

कार्यक्रममा कोशी प्रदेश प्रमुख प्रनामनि चन्द्र कुबेर खापुङ, स्थानिय तहका प्रमुख उप-प्रमुख, बिभिन्न स्थानिय तहका वडाअध्यक्षहरू, जिल्ला स्थित सुरक्षा निकायका प्रमुख, बिभिन्न संघसंस्थाका प्रतिनिधि लगायतकाे उपस्थिति रहेको थियाे ।

उक्त कार्यक्रममा Dare No Drugs Campaign मा सरिक हुनु भएका सहजकर्ताहरू, पत्रकारहरु साथै आम दर्शक नागरिकहरू गरि करिव १५००० जनाको उपस्थित रहेको थियो ।