जिल्ला प्रहरी कार्यलय गोरखबाट बिदाई भए प्रहरी उपरीक्षक अनुपम श्रेष्ठ !

गाेरखा । जिल्ला प्रहरी कार्यलय गोरखाले प्रहरी उपरीक्षक अनुपम श्रेष्ठलाई बिदाई गरेकाे छ ।
जिल्ला प्रहरी कार्यालय गोरखाबाट नेपाल प्रहरी प्रधान कार्यालय अन्वेषण योजना तथा विकास निर्देशनालय नक्साल काठमाडौ सरुवा भई जान लाग्नु भएका प्रहरी उपरीक्षक अनुपम श्रेष्ठलाई एक कार्यक्रमका बिच बिदाई गरेकाे हाे ।
कार्यालयका प्रमुख प्रहरी नायव उपरीक्षक रमेश कुमार श्रेष्ठद्वारा आगामी कार्यकालको शुभकामना सहित बिदाई तथा फेरी भेटौला कार्यक्रम सम्पन्न भएकाे थियाे ।
७ फागुन २०८०, सोमवार १४:३८ बजे प्रकाशित