कर्णाली प्रदेशका कार्यालय प्रमुख लालमणि आचार्यको प्रमुख आतिथ्यतामा बिदाई तथा फेरी भेटौला कार्यक्रम सम्पन्न

5.72K
shares

सुर्खेत । कर्णाली प्रदेश कार्यालयका कार्यालय प्रमुख प्रहरी नायव महानिरीक्षक लालमणि आचार्यको प्रमुख आतिथ्यतामा बिदाई तथा फेरी भेटौला कार्यक्रम सम्पन्न भएकाे छ ।

कर्णाली प्रदेश प्रहरी गण सुर्खेतको प्रमुखबाट गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालय अन्तर्राष्ट्रिय ट्रमिनल भैरहवा, रुपन्देही सरुवा भई जान लाग्नु भएका प्रहरी उपरीक्षक हिरा बहादुर पाण्डेलाई कार्यालयका कार्यालय प्रमुखले बिदाई गर्नु भएकाे थियाे ।

उक्त कार्यक्रममा कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतका प्रहरी वरिष्ठ उपरीक्षक बीर बहादुर ओली, नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय सुर्खेतका प्रमुख प्रहरी उपरीक्षक राम प्रकाश शाह, जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रमुख प्रहरी उपरीक्षक योगेन्द्र सिंह थापा लगायत सिनियर प्रहरी अधिकृतहरुको उपस्थिति रहेको थियो ।


divya collage
unigloble collage