निर्माण हुँदै गरेको राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान परियोजनाको स्थलगत भ्रमण तथा अनुगमन कार्यक्रम सम्पन्न
वि.सं.२०८० फागुन ७ सोमवार २१:४५
shares

काठमाडौ । गृह-मन्त्रालयका गृह सचिव दिनेश भट्टराईकाे प्रमुख आतिथ्यतामा स्थलगत भ्रमण तथा अनुगमन कार्यक्रम सम्पन्न भएकाे छ ।
भारत सरकारको अनुदान सहयोगमा काभ्रेपलाञ्चोक जिल्लाको पनौती नगरपालिका ६ नम्बर वडा दलिन्चोकमा निर्माण हुँदै गरेको राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान परियोजनाको स्थलगत भ्रमण तथा अनुगमन कार्यक्रम आज सम्पन्न भएकाे हाे ।

उक्त कार्यक्रममा नेपाल प्रहरी संगठन प्रमुख प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवर, राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानका कार्यकारी निर्देशक तथा आयोजनाका संयोजक प्रहरी अतिरिक्त महानिरीक्षक सन्दिप भण्डारी, पनौती नगरपालिकाका नगर प्रमुख रामशरण भण्डारी, गृह मन्त्रालयका सह-सचिव थानेश्वर गौतमकाे उपस्थिति रहेको थियाे ।
त्यसै गरि भारतीय दुतावास, काठमाडौंकी First Secretary नेहा पाण्डे, Counsellor करुन बन्सल, काभ्रे जिल्लाका प्रमुख जिल्ला अधिकारी रुद्र देवी शर्मा, प्र.ना.म.नि. ई. फणिन्द्र बराल, Ministry of external Affairs, GoI का सरस्वती आर्याल, नेपाल सरकार परराष्ट मन्त्रालयका, सह-सचिव सृजना अधिकारी लगायत भारतीय दुतावास, काठमाडौं, नेपाल सरकार तथा अन्य निकायका पदाधिकारीहरुको उपस्थिति रहेको थियो ।

सोही कार्यक्रममा, आयोजनाका परामर्शदाता, CPWD (Central Public Works Department, GoI) का प्रमुख ई.राजेश कुमारले आयोजनाको भौतिक तथा आर्थिक प्रगति विवरण, आयोजना कार्यान्वयनमा देखा परेका समस्याको बारेमा प्रस्तुतीकरण गर्नुभएको थियो ।
कार्यक्रमका प्रमुख अतिथी, गृह-मन्त्रालयका सचिव दिनेश भट्टराईले परामर्शदाताले प्रस्तुत गरेका आयोजना कार्यान्वयन सम्बन्धी सम्पूर्ण समस्याको सम्बोधन गरी समयमै समाधान समेत गर्ने जानकारी गराउँदै कार्यक्रममा उपस्थित आयोजनाका सम्पूर्ण सरोकारवाला निकायहरुलाई तोकिएको जिम्मेवारी त्रुटि रहित ढंगले सम्पादन गरी आयोजनालाई निर्धारित समय अवधी भित्र सम्पन्न गर्नहुन निर्देशन तथा अनुरोध गर्नु भएको थियो ।

कार्यक्रममा उपस्थित सम्पुर्ण अथितिहरुले निर्माणाधिन सम्पूर्ण भवनहरुको सुक्ष्म अवलोकन तथा अनुगमन समेत गर्नु भएको थियो ।
(तस्बिरमा हेर्नुस् )




















