सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख रबिन्द्र के.सीद्वारा जिल्ला प्रहरी कार्यालय डोटीको निरीक्षण

4.76K
shares

धनगढी । प्रहरी नायव महानिरीक्षक रबिन्द्र के.सी ले जिल्ला प्रहरी कार्यालय डोटीको निरीक्षण गर्नु भएकाे छ ।

सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक रबिन्द्र के.सी.ले निरीक्षण भ्रमणको क्रममा आज जिल्ला प्रहरी कार्यालय डोटीको कार्यालय भवन, सम्पुर्ण शाखाहरु तथा हिरासत कक्षको स्थलगत निरीक्षण गर्नु को साथै उपस्थित सम्पुर्ण प्रहरी कर्मचारीहरुलाई आवश्यक निर्देशन समेत दिनु भएकाे हाे ।

निर्देशनको क्रममा उहाँले उपस्थित प्रहरी कर्मचारीहरुले समाजमा शान्ति सुरक्षा, अपराध नियन्त्रण तथा परिणाममुखी अनुसन्धान सहित नागरिक मैत्री प्रहरी सेवा प्रदान गर्न निर्देशन दिनु भयाे।

प्रहरी कर्मचारीहरुले आचरण तथा व्यवहारमा सुधार ल्याई आफ्नो काम कर्तव्य, जिम्मेवारी तथा अधिकारको पालना गरी संगठनको हित र उद्देश्यलाई सदैव प्राथमिकतामा राखी काम गर्नु पर्ने बताउनु भयो ।

उक्त अवसरमा उहाँले सवारी दुर्घटना न्युनिकरण तथा समाजमा हुने बिकृतीहरुलाई न्युनिकरण गर्नका लागि सम्बन्धित सरोकारवाला निकायसंग समन्वय गरि सचेतनामुलक कार्यक्रम संचालन गर्नुका साथै समाजमा घट्ने बिभिन्न प्रकारका घटना तथा अपराधहरुलाई निरुत्साहित गर्न तथा फरार प्रतिबादी पक्राउ, लागू औषधको नियन्त्रण, गुण्डागर्दी, चोरी तस्करी नियन्त्रणमा प्रभावकारी रुपमा प्रहरी परिचालन गर्न समेत निर्देशन दिनु भएको हो ।


Mitsubishi Long Ad