पर्सा जिल्लाको कमाण्ड एसपी ढुंगेलले सम्हाले, इमान्दारिता पूर्वक काम गर्न प्रहरी जवानदेखि अधिकारी समेतलाई कडा निर्देशन

वि.सं.२०८० फागुन ९ बुधवार १९:२४
5.2K
shares
shares

पर्सा । जिल्ला प्रहरी कार्यालय पर्साको कार्यालय प्रमुखको जिम्मेवारी पाएका एसपी कुमोध ढुंगेलले पदभार ग्रहण गरेका छन् ।
प्रहरी प्रमुखको जिम्मेवारी पाएका ढुंगेलले बुधबार पदभार ग्रहण गरेसँगै जिल्लाको कमाण्ड सम्हालेका हुन् । एसपी ढुंगेलले कार्यालयको निरीक्षण गरी कार्यालयमा कार्यरत प्रहरी कर्मचारीहरूलाई व्यावसायिक निर्देशन समेत दिएका छन् ।