“तेक्वान्दो आधारभूत तालिम ३५ औं समूह” का प्रशिक्षार्थीहरूसँग अन्तरक्रिया कार्यक्रम सम्पन्न 

4.99K
shares

काठमाडौ । राष्ट्रिय प्रहरी प्रतिष्ठानका कार्यकारी निर्देशक प्रहरी अतिरिक्त महानिरीक्षक सन्दिप भण्डारीकाे प्रमुख आतिथ्यतामा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानमा २०८०/०४/१५ गतेबाट सञ्चालन भइरहेको “तेक्वान्दो आधारभूत तालिम ३५ औं समूह” का प्रशिक्षार्थीहरूसँग आज प्रहरी अतिरिक्त महानिरीक्षक श्री सन्दिप भण्डारीले अन्तरक्रिया गर्नु भएको हाे ।

उक्त अन्तरक्रिया कार्यक्रममा उपस्थित प्रशिक्षार्थीहरूले प्रतिष्ठानमा भएका पूर्वाधार एवं प्रशिक्षण मैत्री वातावरणबाट आफूहरु लाभान्वित भएकोमा खुशी व्यक्त गर्दै  कार्यकारी निर्देशक समक्ष विभिन्न जिज्ञासाहरू समेत राख्नु भएको थियो ।

कार्यक्रममा कार्यकारी निर्देशकले नेपाल प्रहरीले तेक्वान्दो खेलका माध्यमबाट राष्ट्रिय खेलकुदको विकासमा पुर्‍याएको योगदान बारे प्रकाश पार्दै प्रशिक्षणका क्रममा प्राप्त गरेका गरेका ज्ञान, सिप र कलाको कार्यक्षेत्रमा समेत प्रभावकारी सदुपयोग गर्न निर्देशन प्रदान गर्नुभएको थियो ।

त्यसै गरी प्रशिक्षण कार्यलाई थप प्रभावकारी बनाउन आफू प्रयत्नशिल रहेको र प्रशिक्षण गतिविधिलाई समय सापेक्ष बनाउन पाठ्यक्रमहरु परिमार्जनको प्रक्रियामा रहेको समेत जानकारी गराउनु भएकाे थियाे ।