गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्र राज पाण्डेद्वारा गण्डकी प्रदेश प्रहरी कार्यालयको निरीक्षण

Nepal Life Insurance Long Ad

पोखरा । ण्डकी प्रदेश सरकारका माननीय मुख्यमन्त्री सुरेन्द्र राज पाण्डेबाट गण्डकी प्रदेश प्रहरी कार्यालयको स्थलगत अवलोकन तथा निरीक्षण सम्पन्न भएको छ ।

निरीक्षणको क्रममा माननीय मुख्यमन्त्री सुरेन्द्र राज पाण्डेले गण्डकी प्रदेश प्रहरी कार्यालय अन्तर्गत रहेका विभिन्न शाखाहरु, मातहतका सम्पुर्ण प्रहरी कार्यालयहरुको भौतिक संरचना, जनशक्ति व्यवस्थापन तथा प्रहरी गतिविधिबारे जानकारी समेत लिनुभएको थियो ।

निरीक्षणको क्रममा बोल्दै माननीय मुख्यमन्त्री पाण्डेले प्रदेशको समग्र शान्ति सुरक्षालाई थप मजबुद र विश्वसनीय बनाई जनमैत्री र नागरीक केन्द्रित प्रहरी सेवा प्रदान गर्ने, भरपर्दो सुरक्षा व्यवस्था मिलाउन र सरकारबाट तोकिएका विभागिय नीति निर्देशन समेतलाई मध्यनजर राखी आ-आफ्नो जिम्मेवारी त्रुटिरहित तवरबाट सम्पादन गर्ने निर्देशन समेत गर्नुभएको थियो ।

कार्यक्रमकै अवसरमा बोल्दै गण्डकी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक विकास राज खनालले गण्डकी प्रदेश मुख्यमन्त्री पाण्डेको निर्देशनले आगामी दिनमा प्रहरी थप व्यावसायिक र उर्जावान हुने विश्वास व्यक्त गर्दै धन्यवाद ज्ञापन समेत गर्नुभएको थियो ।

कार्यक्रममा नेपाल प्रहरी प्रदेश कार्यालयका प्रमुख प्रहरी बरिष्ठ उपरीक्षक दिपक रेग्मीले स्वागत मन्तव्य राख्नुभएको थियो भने गण्डकी प्रदेश प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक प्रकाश श्रीमलले गण्डकी प्रदेशको समग्र शान्ति सुरक्षाको बिषयमा प्रस्तुतिकरण गर्नुभएको थियो ।

उक्त कार्यक्रममा गण्डकी प्रदेश सरकारका प्रमुख सचिव लक्ष्मी कुमारी बस्नेत, गण्डकी प्रदेश सरकार आन्तरिक मामिला मन्त्रालयका सचिव तिर्थराज भट्टराई, प्रहरी बरिष्ठ उपरीक्षकहरु, प्रहरी उपरीक्षकहरु , सिनियर प्रहरी अधिकृतहरु, जुनियर प्रहरी अधिकृत तथा जवानहरुको उपस्थिती रहेको थियो ।

१५ फागुन २०८०, मंगलवार १७:४५ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु