अस्थायी प्रहरी पोष्ट किर्तिपुरको स्थापना
वि.सं.२०८० फागुन १७ बिहीवार १६:०६
5.06K
shares
shares

माेरङ। मोरङ जिल्ला पथरी शनिश्चरे नगरपालिका वडा नं.-७ किर्तिपुर बजारमा रहेको सामुदायिक भवनमा अस्थायी प्रहरी पोष्ट किर्तिपुरको स्थापना भएको छ ।
पथरी शनिश्चरे नगरपालिका वडा नं.-७ का वडा अध्यक्ष उद्धव बस्नेतको अध्यक्षता, पथरी शनिश्चरे नगरपालिकाका नगर प्रमुख मोहन प्रसाद तुम्बापोको प्रमुख आतिथ्यतामा, जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख प्रहरी उपरीक्षक नवराज कार्कीको विशिष्ट आतिथ्यतामा अस्थायी प्रहरी पोष्ट किर्तिपुरको स्थापना भएको हो ।

प्रहरी सहायक निरीक्षक रामदेव मेहताको कमाण्डमा ५ जनाको टोली खटाई अस्थायी प्रहरी पोष्ट किर्तिपुरको स्थापना गरी सेवा सुभारम्भ भएको थियाे ।






























