जिल्ला प्रहरी कार्यालय ललितपुरमा “सकारात्मक सोच तथा तनाव व्यवस्थापन” कार्यक्रम सम्पन्न
वि.सं.२०८० फागुन १८ शुक्रवार १८:३२
shares

ललितपुर । ललितपुर जिल्ला प्रहरी कार्यालयका कार्यालय प्रमुख प्रहरी बरिष्ठ उपरीक्षक शेखर खनालको प्रमुख आतिथ्यतामा सकारात्मक सोच तथा तनाव व्यवस्थापन कार्यक्रम सम्पन्न भएकाे छ ।
जिल्ला प्रहरी परिसर ललितपुरको समन्वयमा कर्ण सकारात्मक कोष, सकारात्मक सोच अभियानका संस्थापक संरक्षक कर्ण शाक्यले कार्यालय तथा मातहत कार्यालयमा कार्यरत प्रहरी कर्मचारीहरुलाई सकारात्मक सोच, तनाव व्यवस्थापन र सार्वजनिक व्यवहार सम्बन्धी Motivational Speech प्रदान गर्नु भयो ।

उक्त कार्यक्रममा कार्यालयका कार्यालय प्रमुख प्रहरी बरिष्ठ उपरीक्षक शेखर खनालले समीक्षात्मक टिप्णी गर्दै कार्यालय तथा मातहत कार्यालयमा कार्यरत प्रहरी कर्मचारीहरुलाई सकारात्मक सोच, तनाव व्यवस्थापन र सार्वजनिक व्यवहार सम्बन्धी Motivational Speech प्रदान गरिदिनु भएकोमा प्रमुख वक्ता कर्ण शाक्यलाई कदर-पत्र सहित धन्यवाद ज्ञापन गर्नु भएकाे थियाे ।































