कवाज तथा बाह्‍य प्रशिक्षक प्रशिक्षण (प्र.ह./प्र.ज.) तालिम २७ औं समूहको अन्तरक्रिया तथा समापन कार्यक्रम सम्पन्न

5.27K
shares

काठमाडौ । राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानका कार्यकारी निर्देशक प्रहरी अतिरिक्त महानिरीक्षक सन्दिप भण्डारीको प्रमुख आतिथ्यतामा कवाज तथा बाह्‍य प्रशिक्षक प्रशिक्षण (प्र.ह./प्र.ज.) तालिम २७ औं समूहको अन्तरक्रिया तथा समापन कार्यक्रम सम्पन्न भएकाे छ ।

२०८०।०९।११ गते देखि संचालित कवाज तथा बाह्‍य प्रशिक्षक प्रशिक्षण (प्र.ह./प्र.ज.) २७ औं समूहको तालिम आज प्रहरी अतिरिक्त महानिरीक्षक सन्दिप भण्डारीको प्रमुख आतिथ्यतामा समापन कार्यक्रम सम्पन्न भएकाे हाे ।

समापन कार्यक्रममा ८ जना महिला र २२ जना पुरुष प्रशिक्षार्थी प्रहरी जवानहरू गरी जम्मा ३० जना प्रशिक्षार्थीहरू दीक्षित भएका थिए । प्रशिक्षार्थीको तर्फबाट प्रहरी जवान तिलक बुढा मगरले प्रतिष्ठानका बसाईहरु र प्रशिक्षक वर्गहरुको प्रशिक्षण कला एकदमै उत्कृष्ट रहेको साथै तालिमको अवस्थामा सिकेका ज्ञान र शीपको कार्यक्षेत्रमा पालना गरी प्रहरी जनशक्ति उत्पादन गर्ने कुरामा सक्षम हुने बिश्वास गर्दै दत्तचित्त भएर काम गर्ने प्रतिवद्दता व्यक्त गर्नु भएको थियो ।

दीक्षित भई जाने प्रशिक्षार्थीहरूलाई प्रमुख अतिथिले यस प्रतिष्ठानको मुल्य र मान्यताहरुको अक्षरस पालना गर्दै अनुशासित तवरबाट तालिम सम्पन्न गरेकोमा शुभकामना एवं बधाई दिनु हुदैँ सेवाप्रति सदैव सकरात्मक सोचले अभिप्रेरित भएर आफ्नो कार्यक्षेत्रमा उत्कृष्ट कार्य सम्पादन गर्न समेत निर्देशन दिनु भएको थियो । उक्त कार्यक्रममा तालिम संयोजक प्र.नि. लोकेन्द्र जि.सी.ले तालिम सम्बन्धी संक्षिप्‍त प्रतिवेदन पेश गर्नु भएको थियो ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083