प्रहरी उपरीक्षक महेन्द्र कुमार श्रेष्ठकाे प्रमुख आतिथ्यतामा तालिम उद्घाटन कार्यक्रम सम्पन्न

राैतहट । जिल्ला प्रहरी कार्यलय राैतहटका कार्यलय प्रमुख प्रहरी उपरीक्षक महेन्द्र कुमार श्रेष्ठकाे प्रमुख आतिथ्यतामा तालिम उद्घाटन कार्यक्रम सम्पन्न भएकाे छ ।
आ.व. २०८०/०८१ को वार्षिक तालिम क्यालेण्डर अनुसार आजबाट ६ दिने कार्य अवधिको तालिम शुरु भएकाे हाे । उक्त तालिममा प्र.ब.ह./प्र.ह./प्र.स.ह./प्र.ज. लक्षित बिशेष अनुशिक्षण कार्यक्रम (घुम्ती प्रशिक्षण) “अपराध अनुसन्धान तथा नियन्त्रण बिशेष तालिम”को उद्धाटन कार्यालयका कार्यालय प्रमुख प्रहरी उपरीक्षक महेन्द्र कुमार श्रेष्ठले गर्नु भएकाे थियाे ।
उक्त कार्यक्रममा प्रहरी नायब उपरीक्षक, निरीक्षक,सिनियर / जुनियर प्रहरी अधिकृतहरुकाे उपस्थिति रहेकाे थियाे ।
२० फागुन २०८०, आइतवार १९:०२ बजे प्रकाशित