सडक सुरक्षा सम्बन्धि नेपाल प्रहरी प्रधान कार्यालय (कार्य विभाग) को प्रस्तुतीकरण तथा WHO द्वारा ब्रेथलाईजर हस्तान्तरण कार्यक्रम सम्पन्न

Nepal Life Insurance Long Ad

जनकपुर । मधेश प्रदेशका मुख्यमन्त्री सरोज कुमार यादवको प्रमुख आतिथ्यतामा सडक सुरक्षा सम्बन्धि नेपाल प्रहरी प्रधान कार्यालय (कार्य विभाग) को प्रस्तुतीकरण तथा WHO द्वारा ब्रेथलाईजर हस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ ।

मधेश प्रदेशको सडक सुरक्षा सम्बन्धि नेपाल प्रहरी प्रधान कार्यालय (कार्य विभाग)को प्रस्तुतीकरण तथा WHO द्वारा ब्रेथलाईजर थान-३० (तिस) मधेश प्रदेश सरकारलाई हस्तान्तरण कार्यक्रम सम्पन्न भएकाे हाे ।

उक्त कार्यक्रममा मधेश प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री कृष्ण प्रसाद यादव, गृह, संचार तथा कानुन मन्त्री श्याममोहम्मद समिम, अर्थमन्त्री  संजय कुमार यादव, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री  बिरेन्द्र प्रसाद सिंह, मधेश प्रदेशका सांसद कमलकान्त झा,  मधेश प्रदेश सरकारका सचिवहरु, धनुषा जिल्लाका प्र.जि.अ. चक्र पाणी पाण्डे, ने.प्र.प्र.का. (कार्य विभाग) का प्रहरी नायब महानिरीक्षक  भरत बहादुर बोहरा, मधेश प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक  यज्ञ बिनोद पोखरेल, WHO का प्रतिनिधिहरु, विभिन्न सरकारी कार्यालय तथा संघ संस्थाका प्रमुख तथा प्रतिनिधिहरु, नेपाल प्रहरी, सशस्त्र प्रहरी तथा राष्ट्रिय अनुसन्धानका सिनियर प्रहरी अधिकृतहरु, संचारकर्मीहरु  लगायतकाे उपस्थिती रहेको थियो ।

कार्यक्रममा ने.प्र.प्र.का. (कार्य विभाग)का प्र.ना.म.नि. भरत बहादुर बोहराद्वारा स्वागत मन्तव्य व्यक्त गर्नु भए पश्चात ने.प्र.प्र.का. कार्य विभागका प्र.ना.उ. सन्तोष निरौला र WHO का प्रतिनिधि डा. केदार मरहट्ठाद्वारा मधेश प्रदेशको सडक सुरक्षा सम्बन्धि प्रस्तुतीकरण गर्नु भएको थियो ।

मधेश प्रदेशका  मुख्यमन्त्री  सरोज कुमार यादव र गृह, संचार तथा कानुनमन्त्री माननीय मोहम्मद समिमद्वारा  आ-आफ्नो मनतव्य व्यक्त गर्नु भएको उक्त कार्यक्रममा WHO का प्रतिनिधि डा. केदार मरहट्ठाबाट ब्रेथलाईजर थान – ३० (तिस) मधेश प्रदेशका मुख्यमन्त्री सरोज कुमार यादवलाई हस्तान्तरण गर्नु भए पश्चात मधेश प्रदेशका  मुख्यमन्त्री सरोज कुमार यादवद्वारा   ब्रेथलाईजर थान – ३० (तिस)  मधेश प्रदेश प्रहरी प्रमूख प्र.ना.म.नि. यज्ञ बिनोद पोखरेललाई हस्तान्तरण गर्नु भएकाे थियाे।

कार्यक्रमको अन्त्यमा मधेश प्रदेश प्रहरी प्रमुख प्र.ना.म.नि. यज्ञ बिनोद पोखरेलद्वारा धन्यवाद ज्ञापन गर्नु भएकाे थियाे ।

२० फागुन २०८०, आइतवार २०:०० बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु