प्रहरी नायब महानिरीक्षकद्वारा सुदूरपश्चिम प्रदेश प्रहरी गण धनगढीको निरीक्षण

धनगढी । सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक रबिन्द्र के.सी.ले प्रदेश प्रहरी गण धनगढीको निरीक्षण भ्रमण गर्नु भएकाे छ ।
निरीक्षणकाे क्रममा उहाँले गणको कार्यालय भवन, बिभिन्न शाखाहरु, ब्यारेक, मेस समेतको निरीक्षण गर्नुका साथै त्यहा कार्यरत प्रहरी कर्मचारीहरुलाई निर्देशन समेत दिनु भयो ।
सो क्रममा उहाँले देश तथा नागरिकलाई शिरमा राखी असल आचरण, आपसी भाईचारा तथा सामुहिक भावना साथ उच्च व्यवसायिक निष्ठा पुर्वक आफ्नो कर्तव्य निर्वाह गर्न सम्पुर्ण प्रहरी कर्मचारीहरुलाई निर्देशन दिनु भयो ।
उहाँले नेपाल प्रहरीको मिडिया नीति बिपरित सामाजिक सञ्जालको प्रयोग नगर्न, गैह्र व्यवसायिक आर्थिक लाभ नलिन र प्रहरी आचरण विपरीतका कुनै गतिविधिमा संलग्न नहुन सचेत गराउनु भयो । निर्देशनकै क्रममा उहाँले सकारात्मक सोच, उच्च अनुशासन र मनोबलका साथ कार्यसम्पादन गर्न पनि आग्रह गर्नु भएकाे थियाे ।
२० फागुन २०८०, आइतवार २०:३४ बजे प्रकाशित