“Panel Discussion” कार्यक्रम सम्पन्न

6.07K
shares

काठमाडौ । राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानमा २०८० फागुन ०२ गते बाट सञ्चालित Operational Command and Management (OCM) Level-III Training 14th समूहको “Panel Discussion on Investigation” कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रममा Panelist को रूपमा नायव महान्याधिवक्ता संजिवराज रेग्मी, नेपाल प्रहरी अपराध अनुसन्धान विभागका प्रमुख, प्रहरी अतिरिक्त महानिरीक्षक टेक बहादुर तामाङ, काठमाण्डौं जिल्ला न्यायाधीश कोमल प्रसाद पोखरेल र विद्दान अधिवक्ता गणेश के.सी.ले Panelist को रूपमा Legal framework and prosecutorial perspectives, current status of investigation and best practices of Nepal Police, Judicial perspective on investigation and trial procedure र Role of defense council विषयमा प्रस्तुतिकरण गर्नु भएको थियो ।

प्रशिक्षार्थी प्रहरी अधिकृतहरूको जिज्ञासा र प्रश्नहरूलाई सम्बोधन गर्दै Panelist हरूले नेपालको फौजदारी न्याय प्रशासनलाई मजबुद वनाउन सबै कर्ताहरूको व्यवसायिकता र समन्वयात्मक भुमिकामा जोड् दिनु भएको थियो ।

कार्यक्रमको अन्त्यमा, तालिमका तालिम संयोजक प्रहरी उपरीक्षक भुवनेश्‍वर तिवारीले नायव महान्याधिवक्ता, नेपाल प्रहरी अपराध अनुसन्धान विभागका प्रमुख, काठमाण्डौं जिल्लाका न्यायाधीश, विद्दान अधिवक्ता र प्रशिक्षार्थीहरूलाई धन्यवाद ज्ञापन गर्नु भएको थियो ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083