प्रमुख प्रहरी नायव महानिरीक्षक कुवेर कडायतद्वारा जिल्ला प्रहरी कार्यलय प्युठानकाे निरीक्षण
वि.सं.२०८० फागुन २५ शुक्रवार १७:१२
4.67K
shares
shares

प्युठान । लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङका कार्यालय प्रमुख प्रहरी नायव महानिरीक्षक कुवेर कडायतले जिल्ला प्रहरी कार्यलय प्युठानकाे निरीक्षण गरेका छन् ।
निरीक्षणको शिलशिलामा कार्यालयमा रहेको सम्पुर्ण शाखा तथा कार्यालय परिसरको निरीक्षण गर्नु भएकाे हाे ।

साथै कार्यरत प्रहरी कर्मचारीहरुलाई प्रहरीको काम कर्तव्य अधिकार तथा प्रहरी सेवाको साख अभिवृद्धि गरी सेवालाई थप गुणस्तरीय र प्रभावकारी बनाउनका निमित्त आवश्यक पर्ने पेशागत निष्ठा, व्यवसायिक दक्षता र नैतिकताका सबन्धमा आवश्यक निर्देशन समेत दिनुभएको थियाे ।





























