पाथिभरा जवान तालिम शिक्षालय झापाको २१औँ स्थापना दिवस कार्यक्रम सम्पन्न
वि.सं.२०८० फागुन २९ मंगलवार २३:०५
shares

झापा । सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक चन्द्र प्रकाश गौतमको प्रमुख आतिथ्यतामा पाथिभरा जवान तालिम शिक्षालय झापाको २१औँ स्थापना दिवस कार्यक्रम सम्पन्न भएकाे छ ।

कार्यक्रममा अतिरिक्त महानिरीक्षक गौतमले स्थापना दिवसको अवसरमा संचालन गरिएको विभिन्न खेलकुद प्रतियोगिताका विजयी टिम तथा खेलाडी, उत्कृष्ट कार्य गर्ने सशस्त्र प्रहरी कर्मचारीहरु र शिक्षालयलाई सहयोग पुर्याउनु हुने संघसंस्था तथा महानुभावहरुलाई पुरस्कार तथा प्रशंसापत्र प्रदान गर्नुभएको थियो ।

स्थापना दिवसको अवसरमा शिक्षालयले विभिन्न धार्मिक तथा सार्वजनिक स्थलको सरसफाई, शारीरिक तथा व्यवसायिक प्रतियोगिता र जनचेतनामुलक कार्यक्रम समेत आयोजना गरेको थियो ।

कार्यक्रममा कमल गाउँपालिकाका अध्यक्ष हुकुम सिंह राई,दमक नगरपालिकाका उप–प्रमुख रेगिना भट्टराई प्रसाई, झापा जिल्लाका प्रमुख जिल्ला अधिकारी बन्धु प्रसाद बास्तोला लगायत नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरीका अधिकृत तथा विभिन्न संघसंस्थाका महानुभाव र संचारकर्मीहरुको समेत उपस्थिती रहेको थियो ।






























