नेपाल प्रहरीको मुल्य मान्यनतामा रही काम गर्न डिआईजी खापुङ्गद्वारा निर्देशन

प्रहरी नायव महानिरीक्षक चन्द्र कुबेर खापुङ्गद्वारा जिल्ला प्रहरी कार्यालय भोजपुरकाे निरीक्षण

Nepal Life Insurance Long Ad

भाेजपुर । कोशी प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक चन्द्र कुबेर खापुङ्गले जिल्ला प्रहरी कार्यालय भोजपुरकाे निरीक्षण गरेका छन् ।

निरीक्षण तथा अनुगमनका क्रममा कार्यालय भवन, हिरासत कक्षको अवस्था, नागरिक सहायता कक्ष, कार्यालयको सर-सफाई, विभिन्न शाखाहरुको प्रशासनिक काम कारवाहीको निरीक्षण तथा अनुगमन गर्नु भएकाे थियाे ।

उक्त कार्यक्रममा पुर्व प्रहरी कर्मचारी, नागरिक समाज तथा अन्य सरोकारवाला निकायहरुसँग अन्तरक्रिया समेत गरी कार्यरत सम्पुर्ण प्रहरी कर्मचारीलाई नेपाल प्रहरीको मुल्य मान्यनतामा आधारित रहि संगठनबाट भए गरेको नीति/निर्देशनहरुको अक्षरस पालना गर्दै संगठनात्मक तथा आफ्नो व्यक्तिगत लक्ष्य प्राप्तिको लागी सदैव उत्प्रेरित भई भरपुर पेशागत ज्ञानको क्षमता अभिबृद्धी गरी अब्बल रहन नीति/निर्देशन दिनु भएको थियाे ।

३० फागुन २०८०, बुधवार १९:१० बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु