भोजपुर जिल्ला अरुण गाउँपालिका १ नम्बर वडा याङपाङमा अस्थायी प्रहरी पोष्टकाे स्थापना

4.56K
shares

भोजपुर ।  नेपाल प्रहरी प्रधान कार्यालय प्रहरी महानिरीक्षकको सचिवालयका केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायव महानिरीक्षक भिम प्रसाद ढकालकाे प्रमुख आतिथ्यता, कोशी प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक चन्द्र कुबेर खापुङकाे बिशेष अतिथ्यतामा अस्थायी प्रहरी पोष्टकाे उद्घाटन कार्यक्रम सम्पन्न भएकाे छ ।

भोजपुर जिल्ला अरुण गाउँपालिका १ नम्बर वडा अवस्थित याङपाङमा अस्थायी प्रहरी पोष्टकाे स्थापना भएकाे हाे ।

उक्त  उद्घाटन  कार्यक्रममा अरुण गाउँपालिकाका अध्यक्ष शालिकराम खत्री, अरुण गाउँपालिकाका उपाध्यक्ष बिनिता ढकाल, भोजपुर जिल्लाका प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद सापकोटा, राष्ट्रिय प्रहरी प्रतिष्ठान  महाराजगञ्ज काठमाण्डौंका प्रहरी उपरीक्षक प्रभु ढकाल, जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रमुख प्रहरी नायव उपरीक्षक सुदिपराज पाठककाे उपस्थिति रहेकाे थियाे ।

सशस्त्र प्रहरी बल नेपाल गुल्म नं. ५ हे.क्वा. टक्सार भोजपुरका प्रमुख सशस्त्र प्रहरी नायव उपरीक्षक जगत बहादुर दुवाल, इ.प्र.का. तिवारीभञ्ज्याङ भोजपुरका प्रमुख प्रहरी निरीक्षक प्रभु खत्री , स्थानिय जनप्रतिनिधि, विभिन्न पार्टीका प्रमुख तथा प्रतिनिधि, पत्रकार, स्थानिय भद्र भलादमी तथा बुद्धिजीबीकाे उपस्थिति रहेकाे थियाे ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083