प्रहरी नायब महानिरीक्षक भिम प्रसाद ढकालको प्रमुख आतिथ्यतामा सामाजिक सञ्जाल दुरुपयोग बिरुद्ध सचेतना कार्यक्रम सम्पन्न
वि.सं.२०८० फागुन ३० बुधवार २०:४०
shares

भाेजपुर । नेपाल प्रहरी प्रधान कार्यालय नक्साल काठमाण्डौका केन्द्रीय प्रबक्ता प्रहरी नायब महानिरीक्षक भिम प्रसाद ढकालको प्रमुख आतिथ्यतामा सामाजिक सञ्जाल दुरुपयोग बिरुद्ध सचेतना कार्यक्रम सम्पन्न भएकाे छ ।
भोजपुर जिल्ला अरुण गाउँपालिका वडा नं. ४ चरम्बि स्थित नेपाल रेडक्रस सोसाइटी चरम्बि उपशाखाको सभाहलमा जिल्ला प्रहरी कार्यलय भोजपुरको आयोजनामा सचेतना कार्यक्रम सम्पन्न भएकाे हाे ।

उक्त कार्यक्रमा प्रहरी बरीष्ठ उपरीक्षक प्रभु प्रसाद ढकाल भाेजपुर जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक सुदिपराज पाठक तथा मातहत कार्यालयका प्रहरी निरीक्षक बिशाल लिम्बु, प्र.नि. प्रभु खत्री अरुण गाउपालिका वडा न. ४ का वडा अध्यक्ष जंग बहादुर राई , बिभिन्न संघ सँस्थाका प्रतिनिधिहरु, बिभिन्न राजनैतिक जनप्रतिनिधिहरु, बिद्यार्थीहरु तथा स्थानिय नागरिकहरुकाे सहभागितामा सामाजिक सञ्जाल दुरुपयोग विरुद्द अन्तरक्रिया कार्यक्रम सम्पन्न भएकाे थियाे ।
































