अन्तर लागू औषध उपचार (पुनस्थापना) केन्द्र स्तरिय पुरुष भलिवल प्रतियोगिता शुरु

3.87K
shares

कास्की । जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख प्रहरी उपरीक्षक मोहन कुमार थापाको प्रमुख आतिथ्यतामा अन्तर लागू औषध उपचार (पुनस्थापना) केन्द्र स्तरिय पुरुष भलिवल प्रतियोगिता शुरु भएकाे छ ।

कास्की जिल्ला पोखरा म.न.पा. ९ शान्तिवन स्थित रहेको सामुदायिक सेवाकेन्द्र जिल्ला समन्वय समितिको प्राङ्गढमा अन्तर लागू औषध उपचार तथा पुनर्स्थापना केन्द्र स्तरिय मैत्रीपूर्ण भलिवल प्रतियोगिता आयोजना गरिएको हाे।

   जिल्ला प्रहरी कार्यालय कास्की र सामुदायिक सेवा एवम् सामुदायिक प्रहरी सेवा जिल्ला समन्वय समिति कास्कीको संयुक्त आयोजनामा कास्की जिल्ला स्थितमा रहेका लागूऔषध उपचार पुनर्स्थापना केन्द्रहरूमा उपचारार्थ रहेका युवाहरूलाई खेल मार्फत उत्पेरणा जगाउने उद्देश्यले अन्तर लागू औषध उपचार तथा पुनर्स्थापना केन्द्र स्तरिय मैत्रीपूर्ण भलिवल प्रतियोगिता आयोजना गरिएको हाे ।

लागू औषधको दुर्व्यसनी एक प्रकारको रोग भएको र यसको समयमा उपचार तथा परामर्श हुनसके पुरानो लयमा फर्कन सक्ने उद्देश्य अनुरुप कास्की जिल्ला स्थित रहेका विभिन्न १० वटा लागू औषध उपचार तथा पुनस्थापना केन्द्रहरुको समन्वयमा मैत्रीपुर्ण भलिवल प्रतियोगिता कार्यक्रमको आयोजना गरिएको हो ।

प्रतियोगितामा न्यू भिजन लागू औषध उपचार तथा पुनर्स्थापना केन्द्र, मानव संरक्षण लागू औषध उपचार तथा पुनर्स्थापना केन्द्र, नौलो घुम्ती लागू औषध उपचार तथा पुनर्स्थापना केन्द्र, गेटवे फाउण्डेसन लागू औषध उपचार तथा पुनर्स्थापना केन्द्र, सेरेनिटि हाउस लागू औषध तथा मद्यपान उपचार केन्द्र, पिएसएसजी लागू औषध उपचार तथा पुनर्स्थापना केन्द्र, सिएसजी लागू औषध उपचार तथा पुनर्स्थापना केन्द्र, नव जिनव नेपाल लागू औषध उपचार तथा पुनर्स्थापना केन्द्रबाट टिम A र टिम B, हाम्रो परिवार नेपाल लागू औषध उपचार तथा पुनर्स्थापना केन्द्र, रिचमण्ड फेलोसिट लागू औषध उपचार तथा पुनर्स्थापना केन्द्रको टिम सहभागिता रहेको छ, साथै ३ गते सम्म संचालन रहने छ ।

उक्त कार्यक्रममा पोखरा उधोग वाणिज्य संघ कास्कीका उप महासचिव शोभा गौतमको विशिष्ट आतिथ्यता, विभिन्न सामुदायिक सेवा केन्द्रका अध्यक्ष एवं पदाधिकारीहरु, राईटफर चिल्ड्रेन संस्थाका पदाधिकारी, कास्की जिल्ला स्थित रहेका विभिन्न १० वटा लागू औषध उपचार केन्द्रका पदाधिकारीहरु लगायत विभिन्न संचारकर्मीहरु समेतको उपस्थिति रहेको थियो ।

कार्यक्रममा प्रमुख अतिथि प्र.उ. मोहन कुमार थापाले यस्ता प्रतियोगिताबाट सुधार केन्द्रमा उपचाररत लागू औषध प्रयोगकर्ताको मानसिक तथा शारीरिक अवस्थामा सुधार आउने बताउनुहुदै यस्ता कामर्यक्रमको निरन्तरता तथा आवश्यक रहेको औल्याउनु भएको थियो ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083