बढ्दाे लागूऔषधको प्रयोगको सम्बन्धमा अभिमुखिकरण तथा छलफल कार्यक्रम सम्पन्न
वि.सं.२०८० चैत २ शुक्रवार १९:५३
shares

माेरङ। जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख प्रहरी उपरीक्षक नवराज कार्कीको प्रमुख अतिथ्यतामा बढ्दाे लागूऔषधको प्रयोगको सम्बन्धमा अभिमुखिकरण तथा छलफल कार्यक्रम सम्पन्न भएकाे छ ।
माेरङ जिल्ला विराटनगर महानगरपालिका वडा नं.२ मा रहेको विराटनगर महानगरपालिकाको हलमा जिल्ला प्रहरी कार्यालय मोरङ, केन्द्रिय लागूऔषध व्यूरोको समन्वय र सहकार्यमा उक्त कार्यक्रम भएकाे हाे ।

मोरङ जिल्लाका प्रमुख जिल्ला अधिकारी प्रेम प्रसाद भट्टराईको अध्यक्षतामा, विराटनगर महानगरपालिका मेयर नागेश कोईराला, उप-मेयर सिल्पा निराला कार्की, कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रहरी नायव महानिरीक्षक चन्द्रकुवेर खापुङ, नेपाल प्रहरी केन्द्रीय लागूऔषध व्यूरोका प्रहरी वरिष्ठ उपरीक्षक गोविन्द थपलियाकाे उपस्थिति रहेकाे थियाे ।
साथै स्थानिय तहका प्रमुख, उप-प्रमुख, वडा अध्यक्ष, विद्यार्थी, संचार कर्मी, संघ संस्थाका प्रतिनिधीहरु समेत १५० जनाको उपस्थितिमा बढदो लागूऔषधको प्रयोगको सम्बन्धमा अभिमुखिकरण तथा छलफल कार्यक्रम सम्पन्न भएको थियाे ।































