प्रहरी उपरीक्षक सुरेश प्रसाद काफ्लेकाे प्रमुख आतिथ्यतामा बिदाई कार्यक्रम सम्पन्न

3.86K
shares

बारा । जिल्ला प्रहरी कार्यालय बाराका प्रमुख प्रहरी उपरीक्षक सुरेश प्रसाद काफ्लेकाे प्रमुख आतिथ्यतामा बिदाई कार्यक्रम सम्पन्न भएकाे छ ।

जिल्ला प्रहरी कार्यालय बारामा कार्यरत प्रहरी निरीक्षक जय कृष्ण प्रसाद कुर्मीलाई बिदाई गरिएकाे हाे ।

प्रहरी संगठनमा करिब ३० वर्ष सम्म अनवरत रूपमा सेवा गरी पुर्‍याउनु भएको अतुलनिय योगदान तथा प्रवाह गर्नु भएको निष्‍ठापुर्ण सेवाको उच्च मुल्याङ्कन गर्दै सेवा अवधीको आधारमा  सेवानिवृत हुनु भई अवकाश भएका पूर्व प्रहरी निरीक्षक जय कृष्ण प्रसाद कुर्मी बिदाई भएका हुन् ।

सेवामा रहँदा बस्दा उहाँले पुर्‍याउनु भएको योगदानको प्रशंसा गर्दै व्यक्तिगत एवं पारिवारीक जीवनको उत्तरोत्तर प्रगतीको कामना गर्दै  कार्यालयका प्रमुख प्रहरी उपरीक्षक सुरेश प्रसाद काफ्लेले बिदाई गर्नु भएकाे थियाे ।


divya collage
unigloble collage