प्रहरी नायव महानिरीक्षक यज्ञ बिनोद पोखरेलद्वारा ट्राफिक व्यवस्थापन कार्यालय पथलैया बाराको निरीक्षण

6.57K
shares

बारा । मधेश प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक यज्ञ बिनोद पोखरेलले नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय पथलैया बाराको निरीक्षण गर्नु भएकाे छ ।

निरीक्षणकाे क्रममा त्यहाँको समग्र बस्तुस्थिति तथा शान्ति सुरक्षाको बारेमा जानकारी लिनु भयाे ।

साथै नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय पथलैया, बारा एवं मातहतमा कार्यरत प्रहरी कर्मचारीहरु समेतलाई  ट्राफिक व्यवस्थापन एंव दुर्घटना न्यूनिकरण, आर्थिक पारदर्शिता, प्रहरीको आचरण व्यवहार लगायतका समसामयीक विषयहरुमा निर्देशन दिनु भएको थियाे ।

उक्त कार्यक्रममा प्रहरी बरिष्ठ उपरीक्षक, प्रहरी उपरीक्षक,  प्रहरी नायब उपरीक्षक, निरीक्षक , सिनियर /जुनियर प्रहरी अधिकृतहरुकाे उपस्थिति रहेको थियाे ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083