स्थानिय तह-प्रहरी-विद्यालय सम्पर्क कार्यक्रमको समझदारी पत्रमा हस्ताक्षर सम्पन्न
वि.सं.२०८० चैत ६ मंगलवार १९:३५
shares

सिरहा । सिरहा नगरपालिकाका नगर प्रमुख डा. नबिन कुमार यादवको प्रमुख आतिथ्यतामा स्थानिय तह-प्रहरी-विद्यालय सम्पर्क कार्यक्रमको समझदारी पत्रमा हस्ताक्षर कार्यक्रम सम्पन्न भएकाे छ ।
सिरहा जिल्ला सिरहा नगरपालिका वडा नं.०१ स्थित सिरहा नगरपालिका कार्यालयको समिक्षा हलमा जिल्ला प्रहरी कार्यालय सिरहाको आयोजनामा उक्त कार्यक्रम भएकाे हाे ।

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी वासुदेव दाहाल, जिल्ला प्रहरी कार्यालय सिरहाका कार्यालय प्रमुख प्रहरी उपरीक्षक सन्तोष आचार्य, सिरहा नगरापालिकाका उपमेयर बबिता कुमारी साह, सिरहा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत बलिराम यादव, नगर शिक्षा शाखा प्रमुख काशिन्द्र प्रसाद यादव लगायत नगरपालिकाका अन्य शाखा प्रमुख तथा कर्मचारीहरुको उपस्थितिमा “समुदाय-प्रहरी साझेदारी कार्यक्रम” को अवधारणा अनुरुप “स्थानिय तह-प्रहरी-विद्यालय सम्पर्क कार्यक्रमको समझदारी पत्रमा हस्ताक्षर कार्यक्रम” भएकाे थियाे ।
उक्त कार्यक्रममा जिल्ला प्रहरी कार्यालय सिरहाका प्रमुख र नगर शिक्षा शाखा प्रमुखको साझेदारीमा नगर प्रमुख, प्रमुख जिल्ला अधिकारी तथा प्रमुख प्रशासकीय अधिकृतको रोहवरमा सामाजिक शान्ति सुरक्षा र सतर्कता सम्बन्धी विषयहरु (सडक सुरक्षा, लागूऔषध, साइबर अपराध, लैंगिक हिंसा, यौन जन्य हिंसा) समेटिएको पुस्तिका सिरहा नगरपालिका अन्तर्गतका विद्यालयहरुका पाठ्यक्रममा प्रविष्ट गराई छात्र छात्राहरुलाई अध्यापन गराउने भनि समझदारी पत्रमा हस्ताक्षर गरिएकाे प्रहरी उपरीक्षक सन्ताेष आचार्यले बताए ।





























