प्रहरी उपरीक्षक रूपेश खड्काद्वारा आम नागरिकहरूसँग प्रहरीले गर्नु पर्ने व्यवहार सम्बन्धी अमूल्य नीति पालना गर्न निर्देशन
वि.सं.२०८० चैत ६ मंगलवार २०:२९
shares

सुर्खेत । जिल्ला प्रहरी कार्यलय सुर्खेतका कार्यलय प्रमुख प्रहरी उपरीक्षक रूपेश खड्काको प्रमुख आतिथ्यतामा अर्न्तक्रिया कार्यक्रम सम्पन्न भएकाे छ ।
जिल्ला प्रहरी कार्यालय तथा विरेन्द्रनगर नगरपालिका भित्र रहेका प्रहरी इकाईहरूमा कार्यरत महिला प्रहरी कर्मचारीहरूसँग प्रहरी उपरीक्षक रूपेश खड्काले अर्न्तक्रिया कार्यक्रम गर्नु भएकाे हाे ।
उक्त कार्यक्रममा विभिन्न दर्जाका ४८ जना महिला प्रहरी कर्मचारीहरूलाई जिल्ला प्रहरी कार्यालय सुर्खेतको सभा-हलमा उपस्थित गराई उपरीक्षक रूपेश खड्काले वर्तमान अवस्थालाई मध्यनजर गरी प्रभावकारी रूपमा परिचालन भई आम नागरिकहरूसंग प्रहरीले गर्नु पर्ने व्यवहार तथा आचरण सम्बन्धी अमूल्य नीति तथा निर्देशन दिनु भएकाे थियाे ।

यतिबेला जिल्ला प्रहरी कार्यलय सुर्खेतकाे प्रमुख प्रहरी उपरीक्षक रुपेश खड्का रहेका छन् । उपरीक्षक खड्काले सुर्खेतकाे कमान्ड सम्हाले देखि विविध क्षेत्रमा उल्लेखनीय सुधारका कामहरु हुँदै आएकाे छ । प्रहरी संगठनभित्र उनी एक सफल प्रहरी अधिकृतकाे रुपमा चिनिन्छन् ।





















