कर्णाली प्रदेश प्रहरी प्रमुखद्वारा कर्णाली प्रदेश प्रहरी तालिम केन्द्रको निरीक्षण सम्पन्न
सुर्खेत । कर्णाली प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक लालमणि आचार्यले कर्णाली प्रदेश प्रहरी तालिम केन्द्र सुर्खेत (हाल नेपालगंज) को अनुगमन गर्नु भएकाे छ ।
समग्र वस्तुस्थिति, कार्यालय भवन परिसर, कोत गारद, हातहतियार, पेरिमिटर सुरक्षा, ब्यारेक, बाधापार, सम्पुर्ण शाखाहरु, प्रशिक्षण कक्ष, मेस, क्यान्टिन, होजियारी, पुस्तकालय, उपलब्ध स्रोत साधनहरूको व्यवस्थापन लगायत नवपर्वद्धनात्मक कार्यहरू, कार्यालयबाट सम्पादित काम कारवाही र गुनासो सम्बोधनको विषयमा स्थलगत अनुगमन तथा निरीक्षण गर्नु भएको हाे ।
निरीक्षण पश्चात तालिम केन्द्रमा कार्यरत सम्पूर्ण प्रशिक्षक वर्गलाई व्यवसायीक, अनुसाशित एवं कर्तव्यनिष्ठ भई नमूना प्रशिक्षकको रुपमा दिईएको जिम्मेवारी उच्च मनोबलताका साथ कार्यसम्पादन गर्न निर्देशन दिनु भएको छ ।
साथै आधारभूत एवं उन्नत तालिमका प्रशिक्षार्थीहरुलाई आफ्नो उत्कृष्ट प्रयास सहित सकरात्मक प्रशिक्षण दृष्टिकोणका साथ शारीरिक तथा मानसिक रुपमा तयार रही प्रशिक्षण आचार संहिताको पुर्ण पालना गरी प्रशिक्षणमा सक्रिय सहभागी भई प्रशिक्षक र सहपाठीहरुको सम्मान गर्दै प्रशिक्षक वर्गको रचनात्मक प्रतिक्रिया दिई तालिममा सिकाईएका ज्ञान, सिप, कौशललाई आफ्नो व्यक्तिगत एवं व्यवसायीक जीवनमा उच्चतम प्रयोग गर्न आवश्यक निर्देशन दिनु भएको थियाे ।
६ चैत २०८०, मंगलवार २०:५५ बजे प्रकाशित