“समुदाय प्रहरी साझेदारी” अवधारणा अन्तर्गत “लागु औषध दुर्व्यसनी सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न

4.24K
shares

झापा । झापा जिल्लाका प्रमुख जिल्ला अधिकारी बन्धु प्रसाद बास्तोलाको अध्यक्षता, जिल्ला समन्वय समिति झापाका प्रमुख विश्वनाथ बरालको प्रमुख आतिथ्यतामा “समुदाय प्रहरी साझेदारी” अवधारणा अन्तर्गत “लागु औषध दुर्व्यसनी सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न भएकाे छ ।

झापा जिल्ला विर्तामोड नगरपालिका १ नम्बर वडामा लागु-औषध नियन्त्रण ब्युरो काठमाण्डौ र जिल्ला प्रहरी कार्यालय झापाको आयोजना तथा इलाका प्रहरी कार्यालय अनारमनीको सहकार्यमा उक्त कार्यक्रम भएकाे हाे ।

झापा जिल्लाका सुरक्षा निकायका प्रमुखहरु, स्थानिय निकायका जनप्रतिनिधिहरु, पत्रकार, बिभिन्न संघ-सस्थाका पदाधिकारीहरु, सिनियर प्रहरी अधिकृतहरु लगायत सिमा एरियाका कार्यालय प्रमुखहरु समेत गरी २०० जनाको उपस्थितिमा “समुदाय प्रहरी साझेदारी” अवधारणा अन्तर्गत “लागु औषध दुर्व्यसनी सम्बन्धी अभिमुखीकरण कार्यक्रम” सञ्चालन भएकाे थियाे।

उक्त कार्यक्रममा जिल्ला प्रहरी कार्यालय झापाका प्रमुख, प्रहरी उपरीक्षक मिलन के.सी. ले कार्यक्रममा उपस्थित सम्पूर्णमा स्वागत मन्तव्य राख्नु भएको थियो भने लागुऔषध नियन्त्रण व्यूरो कोटेश्वर, काठमाण्डौका प्रहरी वरिष्ठ उपरीक्षक गोविन्द थपलीयाबाट सहभागीहरुमाझ विषयवस्तुसँग सम्बन्धित प्रस्तुतीकरण दिनु भएको थियो ।

उक्त कार्यक्रममा सहभागीहरुमाझ नगरपालिकाहरुको प्रतिनिधित्व गर्दै भद्रपुर नगरपालिकाका नगर प्रमुख गणेश पोख्रेल, अर्जुनधारा नगरपालिकाका नगर प्रमुख बलदेब सिंह गोम्देन तामाङ र बिर्तामोड नगरपालिकाका उप-प्रमुख नगेन्द्र प्रसाद संग्रौला तथा गाउँपालिकाहरुको प्रतिनिधित्व गर्दै गौरीगञ्ज गाउँपालिकाका उपाध्यक्ष पुजन न्यौपाने कुवंर कार्यक्रममा बोल्नु हुदैं झापा जिल्लामा लागुऔषध दुर्व्यसन एकदम जटिल समस्या बन्दै गएको र सो बिषयमा सबै पालिकाका प्रमुख/अध्यक्ष, तथा उप-प्रमुख र उपाध्यक्षहरु भेला जम्मा भई छलफल गरी प्रहरी प्रशासन संग समन्वय गरेर समस्या समाधान तर्फ लाग्ने प्रतिबद्धता व्यक्त गर्नु भएको थियो ।

कार्यक्रमको अन्त्यमा प्रमुख अतिथिको मन्तव्य पश्चात् साभाध्यक्ष प्रमुख जिल्ला अधिकारी बन्धु प्रसाद बास्तोलाद्वारा उपस्थित सम्पूर्णमा धन्यवाद ज्ञापन गर्नु हुदै उक्त कार्यक्रम समापन भएको थियो ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083