पर्सा प्रहरी प्रमुख उपरीक्षक कुमोध ढुंगेल भन्छन् : ‘कानुनको परिधि भित्र रही देखिने गरी काम गरेर देखाउछु’
पर्सा । जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी उपरीक्षक कुमोध ढुंगेलले कानूनको परिधि भित्र रही देखिने गरी काम गरेर देखाउने बताएका छन् ।
करिब एक महिना अगाडी पर्सा प्रहरी प्रमुखको
जिम्मेवारी सम्हालेका एसपी ढुंगेलले नेपालको संविधान, कानुनअनुसार नै प्रहरीले गर्ने कामकारबाही गर्ने भएकाले सोहीअनुसार अगाडि बढ्ने बताए। प्रहरीको ऐन-कानुनमा उल्लेख भएअनुसार प्रहरीले गर्नुपर्ने कामकारबाहीबाहेक खासै योजना नरहेको उनले बताए।
साथै उनले प्रहरीले शान्तिसुरक्षा, आपराधिक गतिविधि र चोरी पैठारी नियन्त्रण गर्ने कामकारबाहीबारेमा पत्रकारहरूले सहज रूपमा सूचना पाउने बताए।
प्रहरी उपरीक्षक ढुंगेलले जिल्लामा शान्ति सुरक्षा तथा आपराधिक गतिविधि नियन्त्रण गर्ने कार्यमा पत्रकारहरूकाे सहयोग आवश्यक रहेकोे बताए। नेपाल प्रहरीमा सूचना संकलन गर्नका लागि युनिट नै रहेकाले घुमुवा प्रहरी नरहने बताए।
यतिबेला जिल्ला प्रहरी कार्यलय पर्साकाे प्रमुख प्रहरी उपरीक्षक कुमाेद ढुङ्गेल रहेका छन् । उपरीक्षक ढुङ्गेलले पर्साकाे कमान्ड सम्हाले देखि विविध क्षेत्रमा उल्लेखनीय सुधारका कामहरु हुँदै आएकाे छ । प्रहरी संगठनभित्र उनी एक सफल प्रहरी अधिकृतकाे रुपमा चिनिन्छन् ।
७ चैत २०८०, बुधवार १६:०८ बजे प्रकाशित