लागू औषध विरुद्धको प्रभातफेरी सहित अन्तरक्रिया कार्यक्रम सम्पन्न

3.28K
shares

उदयपुर । नेपाल प्रहरी श्रीमती संघकी अध्यक्ष लक्ष्मी कुँवरकाे प्रमुख आतिथ्यतामा लागू औषध विरुद्धको प्रभातफेरी सहित अन्तरक्रिया कार्यक्रम सम्पन्न भएकाे छ ।

नेपाल प्रहरी श्रीमती संघकी अध्यक्ष लक्ष्मी कुँवरको प्रमुख आतिथ्यतामा नेपाल प्रहरी श्रीमती संघको आयोजनामा आज त्रियुगा नगरपालिका वडा नं. ११ पिपलचोकबाट लागू औषध विरुद्धको प्रभातफेरी सुरु भई त्रियुगा नगरपालिकाको सभाहलमा अन्तरक्रिया गरी कार्यक्रम सम्पन्न भएकाे हाे ।

उक्त कार्यक्रममा नेपाल प्रहरी श्रीमती संघकी महासचिव अनुश्री पाख्रिन, सोहि संघकै प्रशासन सचिव अजिता देवकोटा बास्तोला, त्रियुगा नगरपालिकाका प्रमुख/उप-प्रमुख, प्रमुख जिल्ला अधिकारी, यस कार्यालयका कार्यालय प्रमुख प्रहरी उपरीक्षक रमेश थापा साथै जिल्ला सुरक्षा समितिका पदाधिकारीहरू, त्रियुगा नगरपालिकाका विभिन्न वडाका वडाध्यक्षहरु, पत्रकार महासंघका अध्यक्ष लगायत अन्य संचारकर्मीहरु, विभिन्न संघ संस्थाका प्रमुख एवं अन्य प्रतिनिधिहरू, विभिन्न टोल विकास संस्थाका अध्यक्ष एवं प्रतिनिधिहरू, लागू औषध दुर्व्यसन न्यूनिकरणका लागि खटिने अभियन्ताहरू लगायत अन्य मानिसहरू समेत गरी करिब १५० जनाको उपस्थिति रहेको थियो ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083