एसएसपी खत्री एक्सनमा : फाल्गुन महिनामा टेकु प्रहरीद्वारा १९३ जना फरार प्रतिवादी पक्राउ गर्न सफल

4.23K
shares
काठमाडौं । जिल्ला प्रहरी कार्यालय काठमाडौंले विशेष टोली गठन गरेर फरार प्रतिवादी पक्राउ अभियानलाई तीव्र पारेसङै एक महिनाको अबधिमा १९३ जना फरार प्रतिवादीलाई पक्रेर अदालतमा बुझाइएको एसएसपी भुपेन्द्र बहादुर खत्रीले बताए ।

एसएसपी खत्रीकाम अनुसार समाजमा दण्डहिनताको अन्त्य गरी कानूनी राज्य र विधिको शासन प्रत्याभूति गराउने अभियान अन्तर्गत २०८० साल फाल्गुन महिनाको फैसला कार्यान्वयन अन्तर्गत जिल्ला प्रहरी परिसर काठमाडौं र मातहत प्रहरी कार्यालयहरूबाट खटिएको प्रहरी टोलीले करिब १ महिनाको अवधिमा १९३ फरार प्रतिवादीहरू पक्राउ गरेको बताए ।

विगो, जरिवाना तथा कैद असुलउपर गर्न बाँकी रहेका कर्तव्य ज्यान, जबर्जस्ती करणी, लागुऔषध लगायत जघन्य तथा बहुविवाह, चेक अनादर, अंशबण्डा, सम्बन्ध विच्छेद, कुटपिटलगायत मुद्दामा दोषी ठहर भई फरार रहेका प्रतिवादीलाई पक्राउ गरिएको एसएसपी खत्रीले बताएका छन् । पक्राउ परेकाहरुबाट ४७,३३,३५५ जरिवाना असुल उपर गरिएको छ ।

अपराध गरेर गाउँ समाजमा खुला रुपमा हिँडडुल गरिरहेका प्रतिवादीहरुलाई विशेष अभियान नै सञ्चालन गरेर पक्राउ गरिएको एसएसपी खत्रीले जानकारी दिए । उनले भने प्रहरीले फरार प्रतिवादीहरुलाई पक्राउ गर्दा सामाजमा सकारात्मक सन्देश जानुको साथै फैसला कार्यान्वयनमा समेत सघाउ पुग्ने बताए ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083