प्रहरी नायव महानिरीक्षक यज्ञ बिनोद पोखरेलद्वारा प्रहरी कार्यालय सर्लाहीको निरीक्षण
सर्लाही । मधेश प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक यज्ञ बिनोद पोखरेलले जिल्ला प्रहरी कार्यालय सर्लाहीको निरीक्षण गर्नु भएकाे छ ।
निरीक्षणकाे क्रममा त्यहाँको समग्र बस्तुस्थिति तथा शान्ति सुरक्षाको बारेमा जानकारी लिनु भयाे ।
साथै जिल्ला प्रहरी कार्यालय सर्लाही एवं मातहतमा कार्यरत प्रहरी कर्मचारीहरु समेतलाई समसामयिक विषयहरुमा निर्देशन समेत दिनु भएको थियाे ।
उक्त कार्यक्रममा सर्लाही प्रहरी प्रमुख प्रहरी उपरीक्षक दयानिधी ज्ञवाली , प्रहरी नायब उपरीक्षक, निरीक्षक सिनियर / जुनियर प्रहरी अधिकृतहरु लगाएतकाे उपस्थिति रहेकाे थियाे ।
८ चैत २०८०, बिहीवार १७:२५ बजे प्रकाशित