शौन्दर्यकला तालिम “चौथो समुह” को समापन तथा सिलाई-कटाई तालिम ११औ समुहको समुद्‌घाटन

4.49K
shares

विराटनगर । कोशी प्रदेश प्रहरी श्रीमती संघको सक्रियता तथा कोशी प्रदेश प्रहरी कल्याणकोषको लगानीमा संचालित शौन्दर्यकला तालिम “चौथो समुह” को समापन तथा सिलाई-कटाई तालिम ११औ समुहको समुद्‌घाटन भएको छ ।

कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरको सभाहलमा कार्यक्रमकी प्रमुख अतिथी नेपाल प्रहरी श्रीमती संघकी अध्यक्ष लक्ष्मी कुँवरले पानसमा दिप प्रज्वलन गरेर तालिमको समुद्धाटन गर्नु भएको हो ।

प्रहरीका आश्रित परिवारलाई लक्षित “शौन्दर्यकला” तालिमको समापन तथा सिलाई कटाई तालिमको समुद्घाटन कार्यक्रममा बोल्नु हुदै कार्यक्रमकी प्रमुख अतिथी कुँवरले तालिमबाट सिकेका ज्ञानहरुलाई व्यबहारमा उतारी व्यवसायिक जिविका पार्जन गर्नु पर्ने बताउनु भयो । ६ महिना अवधीको सिलाई कटाई तालिम ११ औ समुहमा १८ जना प्रशिक्षार्थी सहभागी हुनेछन् । भुमिका सिपमुलक तालिम केन्द्र दमक ८ झापाको प्राविधिक सयोगमा मिति २०८०पुस ०४ गते देखी मिति २०८०फागुन २७ गते सम्म संचालित ६५ दिन अवधीको “शौन्दर्यकला” तालिम चौथो समुहलाई CTEVT द्धारा मान्यता प्राप्त हुने LEVEL-1 को सम्पुर्ण र LEVEL-2 का केही कोर्षहरु समेतको प्रशिक्षण प्रदान गरिएको थियो । उक्त शौन्दर्यकला तालिममा ३६ जना प्रशिक्षार्थीहरुले सफलता पुर्वक तालिम समापन गरेका छन् ।

यसै गरी सो कार्यक्रममा नेपाल प्रहरी श्रीमती संघकी महासचिव अनुश्री पाख्रिन, कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरका प्रहरी नायव महानिरीक्षक चन्द्र कुबेर खापुङ, नेपाल प्रहरी कोशी प्रदेश श्रीमती संघकी अध्यक्ष भावना श्रेष्ठ खापुङ, नेपाल प्रहरी श्रीमती संघकी प्रशासन सचिव अजिता देबकोटा बास्तोला, प्रहरी वरिष्ठ उपरीक्षक जयराज सापकोटा, प्रहरी उपरीक्षकहरू, नेपाल प्रहरी श्रीमती संघ कोशी प्रदेशका पदाधिकारीहरू लगायत प्रहरी अधिकृत तथा जवानहरुको उपस्थिती रहेको थियो ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083