लत्ताकपडा, खुद्रा सामान, प्याज, खाद्यान्न तथा हार्डवेयर पार्टस बरामद भएको पर्सा प्रहरीले जारी गरेको विज्ञप्तिमा भनिएको छ । प्रहरीको भन्सार छली रोकथाम विशेष टोलीले वीरगन्जको घण्टाघरबाट ना ३ ख ७६५६ र प्रदेश ३–०३–००१ ख ००९८ नम्बरको मालवाहक गाडीबाट खाद्यान्न खुद्रा सामान बरामद गरेको छ भने ड्राइपोर्ट एरियामा बीआर ५ जी ९९९२ पिकअप गाडीबाट कुर्ता सुरुवाल बरामद गरेको छ ।
यसैगरी गण्डकमा ना ३ ख ३७४ र ना ३ ख ४८७७ नम्बरको मालवाहक ट्रक बरामद गरिएको छ । ती ट्रकबाट खाद्यान्न तथा खुद्रा सामानहरू बरामद भएको प्रहरीले जानकारी दिएको छ । त्यस्तै रजत जयन्ती चोकबाट हार्डवेयर मोटर पार्टस र रेल्वे रोडबाट चक्लेटहरु बरामद गरिएको ढुङ्गेलले बताए ।
बरामद सबै सामान तथा मालवाहक गाडीहरू आवश्यक कारबाहीका लागि राजस्व कार्यालय पथलैया बुझाइएकाे प्रहरीले जनाएको छ।