माेरङ प्रहरीकाे सफलता : १ महीनामै ३६१ जना फरार अपराधी पक्राउ

एसपी कार्किले कमाण्ड सम्हालेको १ महीनामै ३६१ जना फरार अपराधी पक्राउ

Nepal Life Insurance Long Ad
माेरङ । मोरङमा विभिन्न प्रकृतिका अपराध गरी फरार अभियुक्तहरू धमाधम पक्राउ पर्न थालेका छन् ।

जिल्ला प्रहरी कार्यालय मोरङमा प्रहरी उपरीक्षक (एसपी) नवराज कार्किले गत फागुन ७ गते जिल्लाको कमाण्ड सम्हाले सङै फरार प्रतिवादी धमाधम पक्राउ पर्न थालेको हुन् । मोरङ प्रहरीको तथ्याङ्क अनुसार एक महिनामै ३६१ जना फरार प्रतिवादी पक्राउ परेका छन् ।

मोरङ जिल्लामा नयाँ प्रहरी प्रमुखको रूपमा एसपी कार्कि आएसँगै विभिन्न घटनामा कैद भुक्तान नगरी फरार रहेका व्यक्तिलाई पक्राउ गर्नतर्फ मोरङ प्रहरी अग्रसर बनेको हो ।
उनीहरुलाई फैसला कार्यान्वयनका लागि करागार चलान गरिएको प्रहरीले जनाएको छ । एसपी कार्किका अनुसार फरार अपराधीलाई पक्राउमा विशेष सक्रियता बढाएका छन् । साथै उनी अझै बाँकी रहेका फरार अभियुक्तहरू पनि पक्राउ गरिने बताए ।
मोरङ प्रहरीले मातहतका कार्यालयलाई समेत विभिन्न अपराध एवं मुद्दामा संलग्न रही फरार रहेका तथा अदालतबाट फैसला भई दण्ड र जरिवाना तिर्न बाँकी भएका व्यक्तिको खोजी कार्यलाई तीव्रता दिन निर्देशन दिएको छ ।
यस्तै एसपी कार्किले मोरङ प्रहरीको कमाण्ड सम्हालेसँगै सिमा नाकामा पनि चेकजाँचमा कडाई, लागुऔषध नियन्त्रण लगायतका काममा सक्रिय छन् ।

८ चैत २०८०, बिहीवार २२:०९ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु